Techie IT
२०८२ पौष ६, आइतबार

बोरामा प्याक गरेर फालिएको अवस्थामा युवकको शव फेला


ललितपुरमा हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार मृतक सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुल हुन् ।

प्रहरीका अनुसार हायुल ललितपुरमा तरकारी फार्म हाउस सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय उनी बुल्गेरिया जाने तयारीमा रहेको खुलेको छ । विदेश जाने तयारीकै क्रममा हायुले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बिक्री गरेको पनि अनुसन्धानबाट थाहा भएको छ ।

हायुल गत २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँट क्षेत्रको एक इनारमा मृत अवस्थामा फेला परेका थिए । इनारमा बोरा तैरिएको देखेपछि निकालेर जाँच गर्दा भित्र हायुलको शव भेटिएको प्रहरीले जनाएको छ ।

परिवारले २४ मंसिरदेखि हायुल सम्पर्कविहीन भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । प्रारम्भिक अनुसन्धानका आधारमा हायुलको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको भए पनि थप अनुसन्धान बाँकी रहेकाले पक्राउ परेका व्यक्तिको विवरण हाल सार्वजनिक नगरिएको एसपी जोशीले बताए । अनुसन्धानअनुसार टाउकामा प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ ।

शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । शव भेटिँदा हायुलको खुट्टा र मुख टेपले बाँधिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट