Techie IT
२०८२ पौष ७, सोमबार

हतियारसहित बर्दीधारी भारतीय सुरक्षाकर्मी नेपालको सीमामा प्रवेश


पर्सामा हतियारसहित बर्दीधारी भारतीय सुरक्षाकर्मी नेपालको सीमामा प्रवेश गरेपछि स्थानीयले रोक लगाएका छन् ।

शुक्रबार भारतीय सीमावर्ती क्षेत्र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ मा हतियारसहित आएका उनीहरूलाई स्थानीयहरूले अवरोध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतका अनुसार, स्थानीयले रोकेपछि भारतीय सुरक्षाकर्मीले आफूहरू ज्याकेट खरिद गर्न धोबिनी बजारमा आएको जवाफ दिएका थिए ।

स्थानीय प्रहरी टोलीले उनीहरूलाई सम्झाई–बुझाई फिर्ता पठाएको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले पनि नेपाल प्रहरीले उनीहरूसँग कुरा गरेर फिर्ता पठाएको पुष्टि गरेका छन् । उनले भने, “उहाँहरु सीमावर्ती बजारमा सरसामान खरिद गर्न आएका रहेछन्, समन्वयमा फिर्ता जानुभएको हो ।”

प्रजिअ दाहालका अनुसार भारतीय सुरक्षाकर्मी कुनै अपरेशनका लागि प्रवेशमा आएका थिएनन् । सोमाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बर्दीधारी भारतीय सुरक्षाकर्मीलाई स्थानीयले रोक्ने प्रयास गरेको दृश्य देख्न सकिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट