Techie IT
२०८२ पौष १३, आइतबार

प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या १ करोड ८९ लाख नाघ्यो


निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।

आयोगका अनुसार, अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका छन्।

आज प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० जना गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त नामावली आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो। साथै, मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण समावेश गरिएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिसकेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट