Techie IT
२०८२ पौष २३, बुधबार

वीरगञ्जमा कर्फ्यु विस्तार: तनाबका कारण दिउँसोसम्म निषेधाज्ञा जारी


वीरगञ्जमा शनिबार–आइतबारको तनावका कारण सोमबार लगाइएको कर्फ्यु मंगलबार दिउँसोसम्म विस्तार गरिएको छ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहानसम्म कर्फ्यु लागू गरिएको थियो। तर आज पनि स्थिति समान्य नहुने देखिएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ बजेसम्म कर्फ्यु बढाएको सूचना जारी गरेको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार कर्फ्यु वीरगञ्ज महानगरपालिका क्षेत्रमा पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौर र दक्षिणमा शंकराचार्य गेटसम्म लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार, “तोकिएको चार किल्लाभित्र कसैलाई पनि आवतजावत, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन वा घेराउ गर्न पूर्ण निषेध गरिएको छ। कर्फ्यूको अवधिमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली चलाउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिन्छ।”

आदेश अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।

धनुषाको कमला नगरपालिका–६, सखुवा मडानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गर्दै धार्मिक ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमा फैलिएको थियो।

सोही घटनाको विरोधमा वीरगञ्जमा आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए। त्यसक्रममा हिन्दु समुदायलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै मोटरसाइकल र्‍याली पनि निकालिएको थियो।

सोमबार बिहानैदेखि हिन्दु समर्थक युवाहरूले विरोध प्रदर्शन गरेका थिए। प्रहरीले प्रयास गरे पनि छपकैया, मुर्ली लगायत स्थानबाट मुस्लिम युवाहरूले पनि प्रदर्शन जारी राखेका थिए।

प्रदर्शनमा सहभागी २० जना भन्दा बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले यो जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट