Techie IT
२०८३ वैशाख ३१, बिहीबार

फागुन २१ को निर्वाचनअघि ‘एक्जिट पोल’ वेबसाइट बन्द गर्न आयोगको निर्देशन, कान्तिपुरलाई पनि पत्र


फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एक्जिट पोल र मत–प्रक्षेपण गरिरहेका वेबसाइटहरू बन्द गर्न निर्वाचन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको नतिजा अनुमान वा प्रक्षेपण गर्ने वेबसाइटहरू तत्काल बन्द गर्न पत्र पठाइएको हो।

आयोगले बन्द गर्न निर्देशन दिएको वेबसाइटहरूको सूची यस प्रकार छः

रेट माई नेता (ratemyneta.com)
एक्जिट पोल नेपाल (exitpollnepal.com)
नेपाल पोल (neppoll.com)
एचओआर २०२६ (hor-2026.vercel.app)
नेपाल राइट्स (elections.nepalwrites.com)
पोलिमार्केट (polymarket.com/event/nepal-house-of-representatives-election-winner)

त्यस्तै, कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको rate.ekantipur.com वेब पोर्टलमा भइरहेको ‘एप्रुभल रेटिङ’ गतिविधि आचारसंहिताविपरीत भएको ठहर गर्दै आयोगले नेपाल प्रेस काउन्सिललाई पत्र पठाएको जनाएको छ।

आयोगका अनुसार निर्वाचन अवधिमा मतदातालाई प्रभावित पार्ने किसिमका सर्वेक्षण, अनुमान वा मूल्यांकन प्रकाशित गर्नु कानुनी तथा आचारसंहिताविपरीत मानिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट