फागुन २१ को चुनावका लागि सशस्त्र प्रहरी अलर्ट, बिदा र राजीनामा रोक
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सबै कार्यालयमा कर्मचारीको राजीनामा, रवाना तथा बिदा बन्द गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको हो।
निर्वाचन अवधिभर सशस्त्र प्रहरीमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न, अन्य कार्यालयमा सरुवा प्रयोजनका लागि रवाना नगर्न तथा अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्न सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस