Techie IT
२०८३ भाद्र ८, सोमबार

६० हजार घुससहित नापी कार्यालय चाबहिलका अमिन नियन्त्रणमा


नापी कार्यालय चाबहिलको २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्री ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीमाथि विशेष निगरानी राखेको थियो।

निगरानीकै क्रममा खत्रीलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार गोकर्णेश्वर नगरपालिका–४, माकालवारीस्थित नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट