Techie IT
२०८३ असार १०, बुधबार

भालुवाङबाट ब्राउन सुगरसहित पक्राउ परे यी युवा


दाङको भालुवाङबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका–१ नयाँ बसपार्क बस्ने २८ वर्षीय योगेश पौडेल र सोही वडाको आँपखोली बस्ने २१ वर्षीय राज विश्वकर्मा रहेका छन्।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार आँपखोली क्षेत्रमा लागूऔषधको तीव्र सेवन तथा बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले विशेष अपरेसन चलाएको थियो। सोही क्रममा शंकास्पद अवस्थामा फेला परेका दुवै जनालाई खानतलासी गर्दा योगेशको साथबाट कालो प्लास्टिकमा लुकाएर राखिएको ६२० मिलिग्राम शुद्ध ब्राउन सुगर बरामद गरिएको हो।

लागूऔषधसहित रंगेहात समातिएका दुवै जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ। उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट