Techie IT
२०८३ भाद्र १०, बुधबार

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ


वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाराका ४१ वर्षीय गगन बहादुर स्याङतान, सर्लाहीका २८ वर्षीय निर्जल बस्नेत र दाङका ३२ वर्षीय बल बहादुर चन्द ठकुरी रहेका छन् ।

प्रहरीका अनुसार गगन बहादुरले माल्दिभ्स पठाइदिने भन्दै ४ जनाबाट ४ लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिने भन्दै १ जनाबाट ३ लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिने भन्दै १ जनाबाट १ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीका आधारमा बिहीबार र शुक्रबार पक्राउ परेका उनीहरूमध्ये स्याङतानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र अन्य दुई जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट