Techie IT
२०८३ असार १५, सोमबार

कोहलपुरमा दाजुको विभत्स हत्या गरी फरार चौधरी २४ घण्टा नबित्दै पक्राउ


बाँके प्रहरीले आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-४ गोहुवा बस्ने २० वर्षीय विनोद चौधरीलाई प्रहरीले आज (सोमबार) नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाका अनुसार, आरोपित विनोदले आइतबार बेलुका आफ्ना २६ वर्षीय दाजु मनोज चौधरीको कुटपिट गरी बीभत्स हत्या गरेका थिए। हत्यापछि दाजुको शव स्थानीय नहरमा फालेर फरार भएका विनोदलाई प्रहरीले कोहलपुर नगरपालिका-१५ स्थित चन्हवाबाट घेराउ गरी पक्राउ गर्न सफल भएको हो।

पारिवारिक विवादका कारण कुटपिट हुँदा घटनाले उग्र रूप लिएको र सोही क्रममा मनोजको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप गहन अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतक मनोजको शव परीक्षण (पोष्टमार्टम) का लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। यस्तै, पक्राउ परेका आरोपी विनोदमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न म्याद थपका लागि आजै जिल्ला अदालत बाँकेमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट