Techie IT
२०८३ श्रावण १३, बुधबार

युरोप र सर्बिया पठाउने भन्दै लाखौँ ठग्ने ४ जना पक्राउ


वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुली घर भई काठमाडौँको गोकर्णेश्वर-६ बस्ने ४६ वर्षीय गणेशबहादुर कार्की, दाङ घर भई नागार्जुन-४ बस्ने ४७ वर्षीय झगे विक, चितवन घर भई काठमाडौँ-१६ बस्ने ३४ वर्षीय कमल श्रेष्ठ र काठमाडौँ-७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार, पक्राउ परेकाहरूले आकर्षक तलबको प्रलोभन देखाएर पीडितहरूबाट ठूलो रकम असुल गरी सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले गणेशबहादुर र झगेलाई सोमबार तथा कमल र शारदालाई मंगलबार काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट