Techie IT
२०८३ श्रावण १९, मंगलबार

बागलुङमा ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ


बागलुङमा खाना पकाउने ग्यास सिलिन्डर कालोबजारी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पिकअप भ्यानसहित पक्राउ गरेको छ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखास्थित सडकमा बागलुङ नगरपालिका वडा नम्बर १३ बस्ने ४३ वर्षीय भूपति जैसीलाई तोकिएकोभन्दा बढी मूल्य लिई लुकाइछिपाई सर्वसाधारणलाई ग्यास बेचबिखन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा उनले चलाएको पिकअप भ्यान रोकी खानतलासी गर्दा ‘गृहलक्ष्मी’ ब्रान्डका ४१ थान भरी ग्यास सिलिन्डर र १९ थान बिक्री भइसकेका खाली सिलिन्डर फेला परेका थिए। प्रहरीले अवैध रूपमा ग्यास बेच्न प्रयोग गरिएको पिकअप भ्यान र कारोबारी जैसीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका जैसीविरुद्ध जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालोबजारीसम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट