Techie IT
२०८३ असोज ६, मंगलबार

सिन्धुलीमा खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ


नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र प्रतिबन्धित औषधिसहित पाँच जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायस गाडीमा सवार सिरहाको मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको साथबाट ४५ ग्राम १९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।

यसैगरी, सोही लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बागमती प्रदेश ०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुलकुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेककुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, मोरङबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७१२ नम्बरको अर्को हायस गाडीमा सवार सुनसरीको धरान उपमहानगरपालिका–६ का ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय सागर कार्की पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट ८२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र एक हजार ४३० ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट