Techie IT
२०८३ असोज ४, आइतबार

देवानगञ्ज गोलीकाण्डमा संलग्न दुईजना पक्राउ


सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्य हर्षाहीस्थित बिपी चोकमा दुई समूहबीच भएको झडप तथा आक्रमणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

शनिबार साँझ भएको उक्त घटनामा २४ वर्षीय नीरजकुमार यादव घाइते भएका छन्। पक्राउ पर्नेमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार उनीहरूमाथि अहिले थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घाइते नीरजकुमार र उनका छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादव हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किंदै गर्दा लक्ष्मी मन्दिरनजिक करिब १५ जनाको समूहले उनीहरूको बाटो छेकी आक्रमण गरेको थियो। सोही क्रममा नीरजको दायाँ हिपमा गोली लागेको जस्तो प्वाल देखिएको स्थानीयले बताएका छन् भने घाइते नीरजले पनि आफूमाथि गोली प्रहार भएको दाबी गरेका छन्।

प्रहरीले भने सुरुमा गोली हानिएको बताए पनि अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको र अस्पतालको मेडिकल रिपोर्ट आएपछि मात्र यथार्थ खुल्ने जनाएको छ। हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत नीरजको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

दुई समूहबीचको पुराना वा अन्य कारणको विवादबारे प्रहरीले खुलाएको छैन भने घटनामा संलग्न फरार अन्य व्यक्तिको खोजी तिब्र पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट