Techie IT
२०८२ वैशाख २५, बिहीबार

भारत–पाकिस्तान तनावको असर, सशस्त्र प्रहरीले जारी गर्‍यो विशेष सर्कुलर


जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणपछिको सुरक्षा तनावका बीच सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले भारतसँगको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन विशेष सर्कुलर जारी गरेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा क्षेत्रमा खटिएका सबै बाहिनीपतिहरूलाई विशेष निर्देशन पठाएको सशस्त्र प्रहरीका सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले पुष्टि गरेका छन् । उनका अनुसार पछिल्लो समय भारत–पाकिस्तानबीचको बढ्दो तनाव र सैन्य कारबाहीका घटनालाई ध्यानमा राख्दै नेपालले पनि सीमा सुरक्षामा कडाइ गरेको हो ।

“अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सर्कुलर जारी गरिएको हो,” उनले बताए । डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बलले भारतीय सशस्त्र सीमा बल (SSB) सँग सहकार्य गर्दै संयुक्त गस्ती र सूचना आदानप्रदानमा सक्रियता बढाएको छ । सीमा क्षेत्रमा २४ घण्टा निरन्तर गस्ती (पट्रोलिङ) हुने व्यवस्था मिलाइएको छ ।

“बीओपी (बॉर्डर आउट पोस्ट) बाट अर्को बीओपीसम्म सीमा क्षेत्रमा स्थायी गस्ती भइरहेकै छ,” उनले भने ।

त्यस्तै, सीमामा ओहोरदोहोर गर्ने व्यक्तिहरूको परिचयपत्र जाँच र अभिलेख राख्ने प्रक्रिया समेत कडाइका साथ लागू गरिएको छ । तर, परम्परागत रूपमा हुँदै आएको स्थानीय आवतजावतलाई अवरुद्ध नहुने गरी सजिलो बनाइएको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ ।

शहरी क्षेत्रमा निगरानी बढाइयो
सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्र मात्र होइन, सम्भावित संवेदनशील शहरी क्षेत्रमा समेत निगरानी सघन बनाइएको छ । विशेषगरी भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव र भारतद्वारा गरिएको ‘अपरेशन सिन्दूर’ नामक हवाई हमलापछि नेपालले पनि आफ्ना सीमा सुरक्षालाई थप सतर्क बनाएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट