Techie IT
२०८२ असार १३, शुक्रबार

'दर्शन नमस्ते' होटलबाट लागूऔषध कारोबार गर्दै आएका दुई जना पक्राउ


शसस्त्र प्रहरी बलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई  जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी प्रवक्ता कालिदास धौबजीले जानकारी दिएका छन् ।

दर्शन नमस्ते इन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट