Techie IT
२०८२ पौष ७, सोमबार

जेनजी सहिद परिवारलाई मधेस सरकारले आर्थिक राहत दिने


मधेस प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद परिवारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो निर्णय गरेको हो। बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै प्रभावकारी उपचारको व्यवस्था मिलाउनुपर्ने निष्कर्षसमेत निकालेको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर सार्वजनिक तथा निजी सम्पत्तिमा गरिएका तोडफोड, आगजनी र क्षतिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्नेमा जोड दिएको छ।

बैठकले जेनजी पुस्ताले अघि सारेका सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी मागहरूको समाधान भने वर्तमान संविधानकै दायराभित्र रहेर खोजिनुपर्ने निष्कर्षसमेत निकालेको मुख्यमन्त्री सिंहले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट