Techie IT
२०८३ जेष्ठ १७, आइतबार

जेनजी आन्दोलनपछि मधेस प्रदेश सभा बैठक बस्दै


लामो समयपछि मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे देखि बसिरहेको छ । जेनजी आन्दोलनपश्चात पहिलोपटक आह्वान गरिएको यो बैठकमा दुई मुख्य कार्यसूचीमा छलफल हुने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

आजको बैठकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति शोक प्रस्ताव पारित गर्ने र अधिवेशन सुरु भएको अवसरमा शुभकामना मन्तव्य राख्ने कार्यसूची समावेश छन्। सभामुख मण्डलका अनुसार दलका नेतासहित प्रदेश सभा सदस्यलाई यी विषयमा आ–आफ्ना धारणा राख्न समय दिइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट