Techie IT
२०८२ पौष ६, आइतबार

मधेस प्रदेश सभामा आज सभामुख चयनका लागि निर्वाचन हुँदै


मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव उम्मेदवार बनेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट प्रदेशसभा सदस्य त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन्।

रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्। यस्तै, त्रिलोकी प्रसादको उम्मेदवारीमा शारदा देवी थापा प्रस्तावक तथा जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन्।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ। प्रस्ताव पारित भएपछि मतदान प्रक्रियामार्फत सभामुख चयन गरिनेछ। सभामुख चयनका लागि प्रदेशसभामा उपस्थित सदस्यहरूको बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

यसअघि सभामुख पद रिक्त भएपछि प्रदेशसभा नियमित कार्यसूची प्रभावित हुँदै आएको थियो। आजको निर्वाचनपछि सभाको विधायी तथा संसदीय गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट