मधेस सरकार संकटमा: जनमत पार्टीले फिर्ता लियो समर्थन
जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रदेश प्रमुखको कार्यालय, जनकपुरधामले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको प्रदेश सरकारलाई दिइएको समर्थन वैशाख २२ गतेदेखि लागू हुने गरी फिर्ता लिइएको जानकारी दिएको हो।
विज्ञप्तिअनुसार जनमत पार्टीले समर्थन फिर्ता लिएको ब्यहोरासहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको छ। उक्त पत्र प्राप्त भएसँगै सम्बन्धित निकायहरूलाई जानकारी गराइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यस निर्णयसँगै मधेस प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस