Techie IT
२०८३ श्रावण १५, शुक्रबार

सिराहाको प्रदर्शनमा कसरी लाग्यो प्रहरी सहायक हवल्दारको खुट्टामा गोली ?


सिराहाको गोलबजारमा बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा खटिएका नेपाल प्रहरीका एक सहायक हवल्दारलाई गोली लागेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा गोली लागेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अमरेन्द्रबहादुर सिंहका अनुसार, प्रदर्शनका क्रममा घाइते भएका परियारलाई सुरुमा ढुङ्गा लागेको अनुमान गरिएको थियो । त्यसैले उनलाई सामान्य उपचार मात्र दिइएको थियो । तर, लामो समयसम्म दुखाइ कम नभएपछि प्रादेशिक अस्पतालमा एक्सरे गर्दा उनको खुट्टाको भित्रैसम्म गोलीको छर्रा वा गोली रहेको भेटिएको हो ।

गम्भीर घाइते परियारलाई थप उपचारका लागि अहिले विराटनगर रिफर गरिएको छ । घटनामा कसले र कुन हतियारबाट गोली चलायो भन्ने विषयमा अहिले प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रदर्शनका क्रममा हतियारको प्रयोग हुनुलाई सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट