Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

सञ्चारगृहमा प्रहरी ताण्डवले गुण्डाराजको झल्को दियो : नेपाल जेनजी फ्रन्ट


रक्षा बम, जेनजी अगुवा

नेपाल जेनजी फ्रन्टले पक्राउ पुर्जी र स्पष्ट कारणविना समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र आतङ्क सिर्जना गर्ने सरकारी कदमको घोर भर्त्सना गर्दै घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी लिन प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरेको छ।

फ्रन्टकी संयोजक रक्षा बमद्वारा जारी विज्ञप्तिमा कुनै कानुनी प्रक्रिया नमिलाई “माथिको आदेश” को हवाला दिँदै प्रहरी परिचालन गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकमाथिको गम्भीर हमला भएको ठहर गरिएको छ। 

अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता र जवाफदेही शासनका लागि भएको विद्रोहको जगमा बनेको सरकारबाटै समाचार लेखेकै आधारमा धरपकड हुनु जनादेशको ठाडो उल्लङ्घन भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा अदालत जाने बाटो छँदाछँदै मिडियामाथि प्रहरी जाइलाग्नु अधिनायकवादी गुण्डाराजको झल्को हो।” 

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सचिवालयले घटनाबारे अनभिज्ञता प्रकट गर्दै दिएको जवाफलाई गैरजिम्मेवार भन्दै फ्रन्टले प्रहरी प्रशासन कसको निर्देशनमा चलेको हो भनी प्रश्न उठाएको छ। साथै, ४ बुँदे माग अघि सार्दै असंवैधानिक धरपकडमा संलग्न प्रहरी अधिकारी र नेतृत्वमाथि छानबिन गरी कारबाही गर्न आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट