मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेस गरेकी थिइन् ।
नीति तथा कार्यक्रममाथि प्रदेशसभामा दुई दिन छलफल भएको थियो । यसअघि मुख्यमन्त्री सिंहले छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ दिएका थिए ।
सभामुख रामचन्द्र मण्डलले ध्वनि मतको आधारमा पारित गर्न बैठकमा निर्णयार्थ प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावको विपक्षमा कुनै सदस्यले पनि मत जाहेर नगरेपछि उनले सर्वसम्मत पारित भएको घोषणा गरेका थिए ।
यसअघि प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । सभामुख मण्डलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्दा फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस