Techie IT
२०८२ माघ १८, आइतबार

अमेरिकाको नेपालविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा

अमेरिकाले नेपालविरुद्धको टी-२० सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।


अमेरिकाले नेपालविरुद्धको टी-२० सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिज अघि नेपाल र अमेरिका तीन खेलको टी-२० सिरिज खेल्न लागेको हो।

यो टोलीमा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद समावेश छन्।

नेपाल र अमेरिकाबीचको टी-२० सिरिज नेपाली समयअनुसार आगामी शुक्रबार बिहानदेखि हुनेछ, र तीनै खेल टेक्ससको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा आयोजना हुनेछन्। नेपाली टोली क्यानडाको सिरिज सकेर अमेरिका पुगिसकेको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट