Techie IT
२०८२ भाद्र ३०, सोमबार

बाढीले दुई करोड ५० लाखको तरकारी र उखु बालीमा क्षति


RSS

इनरुवा (सुनसरी), २८ असोज,

यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।     
    
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।     
    
“बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ”, प्रमुख सिंहले भन्नुभयो ।     
    
स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताउनुभयो । बाढीले ५० हेक्टरमा लगाएको रु एक लाख ८० हजार बरावरको उखुबालीमा क्षति भएको उहाँले बताउनुभयो ।     
    
जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।    

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट