अध्यक्ष दाहालद्वारा आज प्रतिपक्षी दलहरूको बैठक आह्वान
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक मुद्दाहरू र बाढीपहिरोपछि उत्पन्न अवस्थाबारे छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका छन्।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बिहान ९ बजेका लागि तय गरिएको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जसपा, नेपाल लगायतका दलहरूलाई सहभागी हुन निमन्त्रणा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस