Techie IT
२०८३ कार्तिक २, आइतबार

उपचाररत झलनाथ खनाललाई भेट्न ह्याम्स अस्पताल पुगे एमाले अध्यक्ष ओली


पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ। मुटुमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि काठमाडौँको मण्डिखटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो।

नेता खनाल अस्पताल भर्ना भएको जानकारी पाएलगत्तै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुग्नुभएको छ।

अध्यक्ष ओलीले अस्पताल पुगेर उपचाररत खनालको पछिल्लो स्वास्थ्य स्थितिबारे चिकित्सक तथा परिवारका सदस्यहरूसँग जानकारी लिनुका साथै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

अस्पताल स्रोतका अनुसार खनालको स्वास्थ्यमा मुटुसम्बन्धी समस्या देखिएकाले आवश्यक परीक्षण तथा चिकित्सकको निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट