प्रधानमन्त्री निवासमा सत्तारुढ दलको बैठक: अध्यादेश बारे छलफल हुदैँ
सत्तारुढ दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको छ। यो बैठकको तयारी प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कार्यहरूको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस