ओलीको १०० दिन: भ्रष्टाचार संरक्षण र जनतालाई ऋणको बोझ – प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिनको कार्यकाललाई कडा आलोचना गरेका छन्। उनले ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारलाई प्रोत्साहन गर्ने, जनतामाथि ऋणको बोझ थप्ने, र विपक्षी दलहरूलाई दबाउने कार्यमा मात्रै सीमित रहेको आरोप लगाए।
साहले काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो असन्तुष्टि प्रकट गर्दै भने " यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो। विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो। बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार सहयाेगी हाेइन, पीडित जनताका लागि नै बोझ बनेको देखियो। जनतालाई उत्साहभन्दा पनि निराशा बनाउने काम गर्याे। देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो। सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ,’ उनले भने।
साहले ओली सरकारमाथि आफ्ना समर्थकहरूलाई संरक्षण दिने र अपराधीलाई बचाउने प्रवृत्ति रहेको आरोप पनि लगाए। उनले सरकारलाई विपक्षी दलहरूले जितेका स्थानीय तहहरूमा सरुवा आतंक मच्चाएको आरोप लगाउँदै, यस्ता कार्यहरू सरकारको एकपक्षीय सोचको प्रमाण भएको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस