‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआतः प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताएका छन्।
वर्तमान सरकारको १०० दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै आज प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सम्पन्न गरेको ‘फाइबर टु द होम’ (एफटिटिएच) सेवा विस्तार महत्वपूर्ण उपलब्धिका रुपमा रहेको उल्लेख गरेका थिए।
“हुम्ला एक मात्र यस्तो जिल्ला थियो, जहाँ ‘एफटिटिएच’ सेवा अझै पुगेको थिएन । गत भदौ देखि यो सेवा सञ्चालनमा आएसँगै मुलुकका ७७ वटै जिल्लामा यसको पहुँच पुर्याएका छौँ”, ओलीले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस