Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

दैजी–छेला औद्योगिक क्षेत्रको विकासमा सहकार्य आवश्यक: मन्त्री भण्डारी


 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको विकास सरकारी, निजी क्षेत्र र दातृनिकायको सहकार्यमा अघि बढाइने बताएका छन्।

आज महेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा मन्त्री भण्डारीले औद्योगिक क्षेत्रका नीतिगत र प्रक्रियागत समस्याहरू समाधान गर्न वन मन्त्रालय र उद्योग मन्त्रालय बीच मन्त्रिस्तरीय छलफलको सहमति भएको जानकारी दिए।

मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको काम अघि बढाउन स्थापना भएको कार्यालयमा अधिकृतस्तरका कर्मचारी खटाउने तयारी भइरहेको पनि बताए। साथै, औद्योगिक क्षेत्रमा भएका रुखहरूको लगत सङ्कलनपछि कटानको प्रक्रिया सुरु गरिने जानकारी दिए।

राजस्व चुहावट रोक्न र दायरा बढाउन कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री भण्डारीले सीमापार लागुऔषध ओसारपसार रोक्न निगरानी कडा बनाउन आवश्यक रहेको बताए।

कार्यक्रममा पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले दैजी–छेला औद्योगिक क्षेत्रको काम तत्काल सुरु गर्न माग गरे। उनले कुनै पनि बहानामा ढिलाइ नगरी उद्योग स्थापनाका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट