Techie IT
२०८३ भाद्र २०, शनिबार

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयमा दैवी प्रकोप उद्धार कोषमा गरिएको सहायता रकमको जानकारी दिन पुगेको टेलिकमको टोलीलाई उनले नेपाल टेलिकमलाई राष्ट्रको सम्पत्ति मान्दै जनतालाई सेवा दिने क्रममा कुनै कमजोरी नगर्न भनेका छन्।

उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले समर्थन गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न पनि आग्रह गरे।

यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्याल समेत उपस्थित थिए। टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता अर्यालले कोषमा एक करोड दुई लाख ७० हजार रुपैयाँ दाखिला गरिएको जानकारी दिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट