रास्वपा सांसद विनिताले महिनावारीमै लगाइन भाइलाई टिका, सर्वसाधारणले भने सस्ता स्टन्ट गर
हिन्दु परम्परा अनुसार महिनावारी भएको समयमा मन्दिर जान नहुने तथा देविदेवताको दियो नबाल्ने चलन रहेको छ । भाइटीकामा भगवानको आस्थामा दियो बाल्नुपर्ने भएकाले भाइटीका नलगाउने चलन रहेको छ। कतिपयले यो चलन लाई रुढीवादी भन्ने गरेका पनि छन् ।
वर्षौंदेखि महिनावारी भएका महिलालाई टीका लगाउन नदिने चलनलाई चुनौती दिँदै महिनावारीमै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा माननीय बिनिता कठायतले भाइटीकामा भाइलाई टीका लगाएकी छन्।
उनले यो कुरा सामाजिक संजाल एक्समा २०८१ सालको भाइटीकामा पहिलो पटक महिनावारी भएकै अवस्थामा टीका भनेर पोष्ट गरेकि छन् ।
२०८१ सालको भाईटीकामा पहिलो चोटी महिनावारी भएकै अवस्थामा टिका लगाइयो ।परिवर्तन प्रकृतिको नियम हो, र आफूलाई परिवर्तनको अंश भएकोमा खुशी छु। सांसद कठायतले महिनावारी भएको बेला भाइटीका मनाउँदा समाज परिवर्तनमा योगदान गरेको भाव राखेकी छन् ।
सांसद कठायतको पोष्टमा केहिले सकारात्मक प्रतिक्रिया दिएका छन् भने धेरैले नकारात्मक प्रतिक्रिया दिएका छन् । एकजना पुजारी नाम गरेका व्यक्तिले कठायतको पोष्टमा प्रतिक्रिया दिदैँ लेख्छन् - माननीयज्यू यस्ता अनावश्यक स्टण्ट गर्न बन्द गर्नुस् । इनी कुराहरू शिक्षा सँग जोडिएका कुराहरू हुन । जब समाजलाई शिक्षित गर्नुहुन्छ यस्ता कुरा आफै हटेर जानेछन् र जुन धेरै हदसम्म हटिसकेका पनि छन ।
बरु २०८४ मा तपाईंहरूको सरकार आयो भने नेपालको शिक्षा र स्वास्थ्य लाई कसरी परिवर्तन गर्नुहुन्छ ? तपाईँहरूको खाका के हो ? त्यो दिनुस् समाज लाई I रोजगारी व्यवस्थापन कसरी गर्नुहुन्छ ? त्यसको खाका दिनुस् समाज लाई । सुरक्षा र यातायातलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? प्लीच रास्वपाका माननीयज्यूहरु बचकाना काम नगर्नुस् । परिपक्क हुनुस् । धन्यबाद भनेका छन् ।
त्यस्तै, अर्को डोल्पाली नाम गरेका एक्स प्रयोगकर्ताले जुम्ला भन्दा बाहिर बसेर गर्नु भएछ गज्जब, अब यही प्रक्रिया जुम्लामै पनि सुरु गर्नु होला माननीयज्यू भनेर प्रतिक्रिया दिएका छन् ।
यस्तै उपद्रो गर्छौ र त उम्रेर तीन पात नहाल्दै कुहिदै छ रास्वपा भनेर श्रेष्ठ दशरथ नाम गरेका एक्स प्रयोगकर्ताले कठायतको पोष्टमा प्रतिक्रिया दिएका छन् ।
त्यस्तै उपेन सिंह नाम गरेका व्यक्तिले यस्ता सस्ता स्टन्ट नगर्नुस् भनेर सांसद कठायत प्रति आक्रोश व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस