हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन
हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले साउन २४ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले ९९ करोड रुपैयाँ बराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेको लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ1। कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त हुने पूँजीमध्ये सबै खर्च कटाई बाँकी रकम बैंकहरुको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस