Techie IT
२०८३ जेष्ठ ११, सोमबार

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन् । सरकार यसमा जोड दिन तयार रहेको उनले उल्लेख गरे ।     
    
बाँके उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा नसोचेको फड्को मार्ने धारणा व्यक्त गरे । उनले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको उल्लेख गर्दै लगानी प्रवर्द्र्धनमा सरकार गम्भीर भएको बताए । सरकार प्रतिस्थापन र निर्यात प्रवर्द्र्धधनमा केन्द्रित रहेर काम गरिरहेको मन्त्री भण्डारीले बताएका छन् ।     
    
बाँकेको नौवस्तामा निर्माण हुन गइरहेको औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा परेको उनको भनाइ थियो । उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वसर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताए ।     
    
नौवस्ता औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा रहेको जग्गाको केही भागमा अव्यवस्थित रुपमा बस्दै आएका बसोबासीकै कारण लामो समयदेखि विवाद हुँदै आएको उक्त क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका बसोबासीहरुलाई व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेशका सांसदहरुको सहयोगमा मन्त्रालयमा छलफल गरेर विवादित क्षेत्रलाई छाडेर अन्यत्र व्यवस्थापन गर्ने विषयमा सहमति भएको मन्त्री भण्डारीले जानकारी दिएका छन् ।     
    
मन्त्री भण्डारीले आजै नेपालगन्ज उप–महानगरपालिका–१८ स्थित स्टार पोलिपाइप इन्डष्ट्रिज प्रालिको उद्घाटन समेत गरे । निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने सो अवसरमा उनले प्रतिबद्धता जनाएका थिए ।     
    
प्रालिका अध्यक्ष कमल कार्कीले करिब रु ६५ करोडको लागतमा सञ्चालित उद्योगले उत्पादन थालेको जानकारी दिएका छन्।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट