Techie IT
२०८३ जेष्ठ ११, सोमबार

"स्थानीय तह उपनिर्वाचनलाई बहिष्कार गर्ने नेकपा (बहुमत)को घोषणा"


नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी मंसिर १६ गतेका लागि तोकिएको स्थानीय तहको उपनिर्वाचनलाई बहिष्कार गर्ने घोषणा गरेको छ। 

पार्टी महासचिव कञ्चनले जारी गरेको विज्ञप्तिमा दलाल पुँजीवादको सेवा गर्ने चुनाव भनेर व्याख्या गर्दै पार्टीका नेता, कार्यकर्ता र आम जनतालाई उपनिर्वाचन बहिष्कार गर्न आह्वान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि पुँजीवादी व्यवस्था अन्तर्गत हुने कुनै पनि चुनावले केवल पुँजीवादलाई सुदृढ बनाउने, जनतामाथि उत्पीडन गर्ने र दलाल पुँजीवादी प्रणालीलाई थप संस्थागत गर्ने मात्र उद्देश्य राख्दछ। पार्टीले देशको जटिल राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै, दलाल पुँजीवाद, नवऔपनिवेशिक पराधीनता र राजनीतिक अस्थिरता देशलाई विस्फोटक अवस्थामा पुर्याइरहेको बताएको छ।

पार्टीले वर्तमान पुँजीवादी प्रणालीको अन्त्य गर्दै समाजवादी गणतन्त्र स्थापनाका लागि ‘स्वाधीन संयुक्त सरकार’ निर्माणको अभियानमा अघि बढ्न देशवासीलाई आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट