अध्यक्ष नेपालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनमा गहिरो दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै भने, "२०४७ सालको संविधान सुझाव आयोगका सदस्य तथा २०४८ सालमा निर्वाचित प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाको निधन भएको खबरले म अत्यन्त दुःखी छु। उहाँ मेरो मित्र पनि हुनुहुन्थ्यो।"
अध्यक्ष नेपालले संविधान सुझाव आयोगको सदस्यका रूपमा संविधान निर्माणमा ढुङ्गानाको महत्वपूर्ण भूमिका रहेको र प्रजातन्त्र, मानव अधिकार, शान्ति प्रक्रिया तथा नेपालको संसदीय अभ्यासलाई सबल बनाउन उहाँले दिएको योगदानको स्मरण गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस