Techie IT
२०८३ जेष्ठ ११, सोमबार

आज नेप्सेमा भारी गिरावट, भोलि के होला? प्रसाईँको गिरफ्तारीले बजारमा नकारात्मक असर परेको हो त ?

विशेषज्ञहरूका अनुसार बजार घट्नुको मूल कारण आर्थिक अवस्थाको भन्दा पनि हल्लाको असर हो।


Representation Image

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट आएको छ। 

सूचक ५१.११ अङ्कले घटेर २७०२.६५ बिन्दुमा खुम्चिँदा बजार १.८५ प्रतिशतले घटेको हो। के दुर्गा प्रसाईँको गिरफ्तारीको खबरपछि धेरै लगानीकर्ताले शेयर बेच्न खोज्दा बजारमा अत्यधिक गिरावट देखिएको हो भन्ने प्रश्न पनि उठिरहेको छ । लगानीकर्ताहरूले प्रसाईँको गिरफ्तारीले बजारमा नकारात्मक प्रभाव पारेको धारणा राखे पनि विश्लेषकहरू भने यसलाई अनावश्यक त्रासको परिणाम मानिरहेका छन्।

आज ३१० कम्पनीका २.२५ करोड कित्ता शेयरको १०.४६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। होटल तथा पर्यटन, जलविद्युत्, बैंकिङ, वित्त, र बीमा क्षेत्र सबै घटेका छन्। होटल तथा पर्यटन समूहमा ३.१७ प्रतिशत र जलविद्युत्मा ३.०७ प्रतिशतले गिरावट देखिएको छ।

ङादी ग्रुप पावर लिमिटेडको शेयरमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जसको शेयर मूल्य ९.२५ प्रतिशतले घट्यो। यो कम्पनीको आज ४६.६८ करोड रुपैयाँ बराबरको ८.८८ लाख कित्ता शेयर कारोबार भयो।

विशेषज्ञहरूका अनुसार बजार घट्नुको मूल कारण आर्थिक अवस्थाको भन्दा पनि हल्लाको असर हो। प्रसाईँको गिरफ्तारीले बजारसँग प्रत्यक्ष सम्बन्ध नहुनु हुँदाहुँदै पनि सामाजिक सञ्जालमा फैलिएको त्रासका कारण लगानी कर्ताहरूले सुरक्षित हुन खोजे। ब्रोकरहरूले बढी मात्रामा शेयर बिक्री गर्दा बजारमा अनावश्यक गिरावट आएको हो।

यस गिरावटलाई गम्भीर रुपमा लिन आवश्यक छैन। बैंकको ब्याजदर घट्दो क्रममा छ, तरलता पर्याप्त छ, र बैंकहरूले शेयर कर्जामा वृद्धि गरिरहेका छन्। यस्तो अवस्थामा बजारमा लगानीको अवसर अझै राम्रो रहेको र लगानीकर्ताले जल्दबाजीमा शेयर बेच्न आवश्यक नरहेको विज्ञहरूले बताएका छन् ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट