काठमाडौं महानगरले तोक्यो एमालेलाई एक लाख जरिवाना, आजको कार्यक्रममा फोहोर गरेको आरोप
काठमाडौं महानगरपालिका कार्यालयले नेकपा एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको छ। दरबारमार्गमा शुक्रबार आयोजित जागरण सभापछि जथाभाबी फोहोर गरेको आरोपमा महानगरले यो कारबाही गरेको हो।
महानगरले नेकपा एमाले पार्टी कार्यालयमा पठाएको पत्रमा भनिएको छ, "मंसिर ७ गते दरबारमार्गको सडक र सडकपेटीमा जथाभाबी फोहोर फालेर वातावरण प्रदूषण गरेको पाइएकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा आर्थिक ऐन, २०८१ अनुसार जरिवाना गरिएको हो।"
उक्त जागरण सभा एमालेका काठमाडौं, ललितपुर, र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा भएको थियो।
महानगरले फोहोर व्यवस्थापनमा ध्यान दिन सबैलाई आग्रह गर्दै सार्वजनिक कार्यक्रमहरूमा जिम्मेवारीपूर्वक काम गर्न चेतावनी दिएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस