योगेश भट्टराई तस्कर हुन्, छानबिन होस् ; सांसद छिरिङ लामा
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद योगेश भट्टराईलाई जनयुद्धको समयमा हतियार तस्करीमा संलग्न भएको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद योगेश भट्टराईलाई जनयुद्धको समयमा हतियार तस्करीमा संलग्न भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बिहीबार बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले भट्टराईलाई 'जनयुद्धको नाममा चन्दा संकलन र हतियार तस्कर'को संज्ञा दिएका छन्। उनले भने, 'जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो।'
त्यस्तै, सांसद छिरिङलामू लामा तामाङले भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ भनेर छानबिन गर्न माग गरिन्। उनले भनिन्, 'यो रवैया देशलाई अर्को द्वन्द्धमा लैजाने मनसाय प्रकट भएको हो कि?'
सांसद भट्टराईले बुधबारको प्रतिनिधि सभामा माओवादी युद्धलाई हिंसाको संज्ञा दिएका थिए, जसले संसद् बैठकमा समस्याको सिर्जना गरेको थियो। माओवादी र एमाले सांसदहरू वाकयुद्धमा उत्रिएका थिए र माओवादीले हिंसा शब्दलाई गैरसंसदीय भन्दै रेकर्डबाट हटाउने माग गरेको थियो।
#YogeshBhattarai #Tsering




तपाईको प्रतिक्रिया दिनुहोस