Techie IT
२०८२ फागुन ५, मंगलबार

पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने महिला पक्राउ


वैदेशिक रोजगारका नाममा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु, बाणगंगा नगरपालिका-८ स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्दै आएकी कुँवरले एक व्यक्तिबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार टेकुबाट पक्राउ गरेको हो। आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा पठाइएको छ।

प्रहरीका अनुसार पीडितले पोल्याण्ड पठाइदिने आश्वासनमा ठगिएको भन्दै उजुरी दिएका थिए। यो घटनाको थप अनुसन्धान जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट