रवि लामिछानेको बयान सकियो भोलि पोखरा पठाइने, पोखरा पछि चितवना लैजाने तयारी

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी बयान काठमाडौँमा तीन दिनमा सम्पन्न भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार लामिछानेले दिएको बयानको अध्ययन र कागजी प्रक्रिया सकिएपछि प्रहरीले उनलाई पोखरा पठाउने तयारी गरेको छ। पोखराबाट फेरि चितवनमा बयानका लागि लैजाने योजना छ।
लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि कास्की प्रहरी हिरासतबाट बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो। यसअघि उनलाई भैरहवामा पनि बयानका लागि लगिएको थियो।
चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा पीडितको जाहेरीका आधारमा जीवी राई, रवि लामिछाने, र प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाइएको छ।
प्रहरीले लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी हालसम्म पाँच पटक अनुसन्धानका लागि म्याद थप गरेको छ। बयान प्रक्रिया जारी राख्दै सहकारी घोटालामा आरोपित अन्य व्यक्ति— प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्सका रामबहादुर ढकालको बयान चितवनमा भइरहेको छ।
काठमाडौँमा बयान सकिएपछि लामिछानेलाई पोखरा पठाउने तयारी छ। त्यहाँको प्रक्रिया सकेपछि चितवनमा थप बयानका लागि लैजाने योजना रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस