Techie IT
२०८२ भाद्र १०, मंगलबार

१ सय ११ किलोग्राम गाँजा सहित एक जना पक्राउ


हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्धा गाडीलाई जाँच गर्ने क्रममा गाडीको ढालामा बालुवा र मलले छोपी राखेको २० वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट