Techie IT
२०८२ भाद्र १०, मंगलबार

"लामिछानेकी पत्नी उपाध्यक्ष रहेको सहकारी घोटालामा महानगरको अनुसन्धानको माग"

"सहकारीका सञ्चालकले खाता खोलेर बचत गरेका सदस्यहरूको रकम फिर्ता गर्न अस्वीकार गरेको र कानुन विपरीत धितोबिना ऋण प्रवाह गरी आर्थिक संकट ल्याएको छ।"


काठमाडौं महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान गर्न प्रहरीलाई औपचारिक पत्र लेखेको छ। 

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल समेत संलग्न रहेको सहकारीमा बचतकर्ताको रकम हिनामिना, जालसाजी र गम्भीर आर्थिक अनियमितता भेटिएपछि महानगरले यो कदम उठाएको हो।

महानगरको सहकारी विभागले बचतकर्ताको उजुरीका आधारमा केही महिनादेखि सहकारीमाथि अध्ययन गरिरहेको थियो। अध्ययनका क्रममा सहकारीका सञ्चालकहरूले बचत परिचालनमा गम्भीर त्रुटि गरेका र बचतकर्ताको रकम ठगी गरेको पाइएको छ।

महानगरले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ, "सहकारीका सञ्चालकले खाता खोलेर बचत गरेका सदस्यहरूको रकम फिर्ता गर्न अस्वीकार गरेको र कानुन विपरीत धितोबिना ऋण प्रवाह गरी आर्थिक संकट ल्याएको छ।"

अनियमितता र आरोप
निकिता पौडेल उपाध्यक्ष रहेकै बेला सहकारीले ५० लाख रुपैयाँ ऋण धितोबिना प्रवाह गरेको आरोप लागेको छ। सहकारीको बचतकर्ताहरूले १ करोड ९ लाख रुपैयाँको साँवा फिर्ता माग गरेका छन्। अनियमितताको अध्ययनका क्रममा सहकारीका पदाधिकारीहरूले रकम अपचलन गरेको र बचतकर्ताको विश्वासमा ठगी गरेको देखिएको  ।

सहकारीको पूर्वअध्यक्ष भरतमणि जंगम, जो भ्रष्टाचारविरोधी अभियन्ता समेत मानिन्छन्, र निकिता पौडेलसहितका पदाधिकारीमाथि प्रमुख आरोप छन्। सहकारीले बचतकर्ताको रकम जोगाउन निमकुमारी छन्तेललाई अध्यक्ष बनाएको देखिएको छ, जसलाई मासिक १५ हजार तलब दिने भन्दै फकाएर पदमा राखिएको थियो।

महानगरले तयार पारेको प्रतिवेदनले संस्थाको सेयर पुँजी २७ लाख ९४ हजार ९ सय रुपैयाँ रहेको र बचत दायित्व ४ करोड ५९ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ। सहकारीको कुल सम्पत्ति ५ करोड ९७ लाख रुपैयाँ रहेको प्रतिवेदनमा छ।

महानगरले साई स्वागत सहकारीसहित अन्य ७ सहकारी संस्थाका सञ्चारकहरूमाथि कानुनी कारबाहीको माग गर्दै अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट