Techie IT
२०८३ असोज ५, सोमबार

नेप्से २५ अंकले घट्यो, कारोबार रकम बढ्यो


Representation Image

नेपाल Stock Exchange (NEPSE) परिसूचक बुधबार २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा आइपुगेको छ। यस दिन ९ अर्ब १३ करोड रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ। बजारमा १०४ कम्पनीको सेयरमूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ।

आज हाइड्रो, उत्पादनमूलक उद्योग र माइक्रोफाइनान्स समूहका सेयर सामान्य रूपमा बढेका छन्, जबकि विकास बैंक समूहको सूचक १.९४ प्रतिशतले घटेको देखिन्छ। खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल हाइड्रोपावरका सेयर ९ प्रतिशत भन्दा बढीले बढे भने सपोर्ट माइक्रोफाइनान्स र एलआईसी नेपालको नकारात्मक सर्किट लाग्दा विशाल बजार कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

बजारमा कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन यस कम्पनीको ३० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार, १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढे भने १० उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचक घटेपनि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ८ अर्ब ५२ करोडको कारोबार भएको बजारमा, बुधबार ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट