Techie IT
२०८३ असार २८, आइतबार

ठेलामा व्यापार गरेर ४० हजार कमाउदैँ पूजा बोहरा


सांकतिक फोटो

काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त डडेल्धुराकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताएकी छन् ।

अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्ने गरेकि छन्।     
    
मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन् । सत्र वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै सङ्घर्ष गरिन् । छ महिना यता ठेलामा व्यापार थालेकी पूजा दैनिक १२ घण्टा काम गर्ने गरेकी छन् । उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन् ।

श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने पूजा बिहानदेखि साँझसम्म एक्लै हुन्छन् । सबै सामान आफैँले जुटाउछन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । 

महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिक रुपमा पछि परेका उनको बुझाइ छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट