Techie IT
२०८२ मंसिर १, सोमबार

श्रीलङ्काद्वारा १९ अर्ब डलर निर्यात लक्ष्य तय


File photo

श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ सम्ममा १८.७ अर्ब अमेरिकी डलरको कुल निर्यात आम्दानी गर्ने लक्ष्य तय गरेको छ।

ईडीबीका अध्यक्ष मङ्गला विजेसिङ्घेले आइतबार सार्वजनिक गरेको यो लक्ष्यअनुसार वस्तु निर्यातबाट १४.५४ अर्ब डलर र सेवा निर्यातबाट ४.१६ अर्ब डलर आम्दानी हुने प्रक्षेपण गरिएको छ।

सन् २०२४ को पहिलो १० महिनामा श्रीलङ्काले वस्तु तथा सेवा निर्यातबाट कुल १३.५ अर्ब डलर आम्दानी गरेको छ, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले वृद्धि भएको हो।

सन् २०२४ का लागि वार्षिक निर्यात लक्ष्य १६.०४ अर्ब डलर रहेको र उक्त लक्ष्यको ८२ प्रतिशत पहिलो १० महिनामै पूरा भइसकेको विजेसिङ्घेले बताए।

यो प्रगति श्रीलङ्काको निर्यात क्षेत्रको दिगो वृद्धिको संकेत भएको र आगामी वर्षका लागि थप महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनमा ल्याउने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट