पेट्रोलियम पदार्थको मूल्य घट्यो : आम उपभोक्तालाई राहत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। निगम सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा यो कटौती गरेको हो।
नयाँ मूल्यअनुसार, पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकको कटौती गरिएको छ। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले कटौती गरिएको निगमले जनाएको छ।
नयाँ मूल्य विवरण:
पेट्रोल: पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०.५०, एक सय ६२ र एक सय ६३
डिजेल तथा मट्टितेल: प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४
आन्तरिक हवाई इन्धन: प्रतिलिटर रु.एक सय ३२
अन्तर्राष्ट्रिय हवाई इन्धन: प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच
पछिल्लो समय विश्व बजारमा कच्चा तेलको मूल्य घटेको कारणले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा यो कटौती गरेको हो। यस कटौतीले आम उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। नेपालको कुन ठाउँमा कति पुग्यो त पेट्रोलियम पदार्थको मूल्य हेर्नुहोस् ।




तपाईको प्रतिक्रिया दिनुहोस