Techie IT
२०८२ भाद्र १०, मंगलबार

रवि लामिछाने आज कास्की फिर्ता लगिदैं, अनुसन्धान प्रतिवेदन छिट्टै अदालतमा पेस हुने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज वीरगन्जबाट कास्की फर्काउने तयारी गरिएको छ। कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, र पुस ५ अघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूरक अभियोगपत्र दर्ता हुनेछ। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि प्रहरीले विस्तृत छानबिन गरेको छ।

कास्की प्रहरी हिरासतमा रहेकै समयमा उनलाई रुपन्देही, काठमाडौँ, र चितवनमा बयानका लागि लगिएको थियो। अनुसन्धानले सुप्रिम सहकारी (बुटवल), स्वर्णलक्ष्मी सहकारी (काठमाडौँ), र सहारा सहकारी (चितवन) का रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको तथ्य सार्वजनिक गरेको छ।

लामिछानेलाई रुपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन, र चितवनमा २ दिनसम्म अनुसन्धानका लागि राखिएको थियो। यसअघि कास्कीमा उनलाई क्रमशः ६, ७, १०, १३, १५, र पछिल्लोपटक ४ दिन म्याद थप गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट