Techie IT
२०८३ जेष्ठ १०, आइतबार

तनहुँमा ५० भन्दा बढी कांग्रेस कार्यकर्ता माओवादीमा प्रवेश


तनहुँका ५० जनाभन्दा बढी कांग्रेस कार्यकर्ताले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। ऋषिङ गाउँपालिका–१ झापुटारमा सोमबार र आँबुखैरेनी गाउँपालिकामा मंगलबार आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारी सभामा उनीहरूले माओवादी प्रवेश गरेका हुन्।

नवप्रवेशीलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले टीका र माला लगाएर स्वागत गरेका थिए । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ।

कार्यक्रममा पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र स्वार्थ समूहको संरक्षणमा लागेकाले जनताले नयाँ विकल्प खोजिरहेको बताए। उनले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले सुशासन, भ्रष्टाचार अन्त्य र मिटर ब्याजमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कदम चालेको स्मरण गर्दै फेरि माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको दाबी गरे।

पुनले वर्तमान सरकार गठनपछि हरेक साता भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक हुन थालेको आरोपसमेत लगाए। उनले माओवादी केन्द्रलाई भ्रष्टाचारमुक्त विकल्पका रूपमा स्थापित गर्न पुनः समर्थनको आह्वान गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट